नेकपा अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपा अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाँदै


२१ भाद्र २०७५, बिहिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड आज भारत जाँदैछन् । भारत सरकारको निमन्त्रणामा दिउँसो साढे ३ बजे एयर इन्डियाको विमानमार्फत् उनी भारत जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डको भ्रमण टोलीमा पत्नी सीतासँगै छोरी गंगा, स्वकीय सचिव जोखबहादुर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मा पनि रहने छन् । उनको भारत भ्रमण नेपाल भारत सम्बन्ध सुधारमा केन्द्रीत रहने छ । शुक्रबार उनले इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयरको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विदेश मन्त्री सुष्मा स्वराजसँग लन्च मिटिङ गर्ने र त्यसपछि बुद्धीजीवी र पत्रकारसँग छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीलगायत मन्त्रीहरुसँग महत्त्वपूर्ण भेटघाट गर्ने तयारी छ । भदौ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । स्वदेश फर्किए लगतै छ दिन पछि चीन भ्रमणको कार्यक्रम तय उनको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस