२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनालग प्रविधि बन्द गर्न कडाइ, हरेक टेलिभिजनमा सेट–टप बक्स राख्नु पर्ने

अ+ अ-

बाँके । काठमाडौंमा पूर्णरुपमा एनालग टेलिभिजन बन्द भएसँगै यसको कडाइका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्य शहरमा पनि यो प्रविधि बन्द गर्न अनुगमन शुरु गरेको छ । सरकारले देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन गरिरहेको मन्त्रालयका योजना शाखाका अधिकृत सन्तोषकुमार खत्रीले जानकारी दिए ।

“एनालग टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो”, शाखा अधिकृत खत्रीले भने, “अब चल्ने एनालग केवल टेलिभिजन अवैध ठहरिनेछ ।” सरकारले देशभरि यो सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो ।

सरकारले दिएको समयावधि पालना गरे/नगरेको अध्ययनका लागि शाखा अधिकृत खत्री र इलेक्ट्रोनिक इञ्जिनीयर अनिल भुजेलको दुई सदस्यीय टोलीले नेपालगञ्जस्थित बागेश्वरी केवल टेलिभिजन र सुपर भिजन केवल टेलिभिजनको अनुगमन गरेको छ । अनुगमनका क्रममा सञ्चालनमा रहेको एनालग सेवा बन्द गरिदिएको छ ।

नेपालको पूर्वी क्षेत्रबाट उक्त प्रविधिको केवल टेलिभिजन बन्द गर्न शुरु गरेको टोलीले टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन नेपालगञ्जमा पनि अनुगमनसँगै एनालग सेवा बन्द गरेको शाखा अधिकृत खत्रीको भनाइ छ । यो प्रणालीअनुसार ग्राहकले घरमा जति टिभी छन्, त्यति नै सेट–टप बक्स जोड्नुपर्छ ।

अहिले केवल सञ्चालकले ग्राहक सङ्ख्या न्यून देखाएर मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी नगर्ने समस्या बढेसँगै अनुगमन थालिएको मन्त्रालयका शाखा अधिकृत खत्रीले बताए । उनका अनुसार भारतीय डिटीएचबाट गैर कानूनीरुपमा संकेत (सिग्नल) लिएर वितरण गर्ने परम्परा तोड्न पनि अबको व्यवस्था प्रभावकारी हुने अपेक्षा छ ।

“अब हरेक टेलिभिजनमा सेट–टप बक्स राखेर सेवा लिएबापत सञ्चालकलाई छुट्टै शुल्क तिर्नु पर्दैन”, इलेक्ट्रोनिक इञ्जिनीयर भुजेलले भने, “यसले सरकारको राजश्वमा पनि वृद्धि हुनुका साथै पूर्णरुपमा डिजिटाइजेशन प्रक्रिया सकिएपछि केवल टेलिभिजनको गुणस्तरहीन सेवाबाट आम उपभोक्ताले मुक्ति पाउने छन् ।”

यो व्यवस्थाअनुसार हरेक टेलिभिजनका लागि एक हजार ५०० देखि चार हजार ५०० मूल्यका छुट्टै सेट–अप बक्स लगाउनुपर्छ । यो प्रणालीअनुसार ग्राहकले प्रत्येक टेलिभिजनमा छुट्टाछुट्टै त्यस्तो बक्स जोड्नुपर्छ । हरेक टेलिभिजनमा उक्त बक्स राखेर सेवा लिएबापत सञ्चालकलाई छुट्टै शुल्क तिनुपर्छ ।

नेपालगञ्जमा सेवा दिइरहेका केवल टेलिभिजनले भारतीय डिटीएचबाट गैरकानूनीरुपमा सिग्नल लिएर वितरण गरिरहेको पाइएको छ । नेपालमा भन्दा सस्तो मूल्यमा पाइने भारतीय डिटीएच गैरकानूनीरुपमा केवल टेलिभिजनले नै प्रयोग गरिरहेको पाइएको छ । टोलीले नेपालगञ्जस्थित बागेश्वरी केवल टेलिभिजनमा गरेको अनुगमनका क्रममा भारतीय डिटीएचसमेत हटाएको छ । विदेशी डिटीएचको आयात, बिक्री, वितरण र प्रयोगमा सरकारले रोक लगाए पनि नेपालगञ्जलगायत तराईका जिल्लामा यसको प्रयोग बढ्दो क्रममा रहेको देखिन्छ ।

केवल अपरेटरमार्फत नै गैरकानूनी डिटीएच प्रयोग भइरहेको छ” इलेक्ट्रोनिक इञ्जिनीयर भुजेलले भने, “गैर कानूनीरुपमा भारतीय डिटीएच प्रयोग गर्दा सस्तो पर्ने भएकै कारण यसको प्रयोग बढेको हो । यसलाई रोक्न मन्त्रालय तहबाटै भारतीय सेवाप्रदायक कम्पनीसँग छलफल गर्नुपर्छ ।” रासस

प्रतिक्रिया दिनुहोस