दुई किलो नक्कली सुनसहित छ पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुई किलो नक्कली सुनसहित छ पक्राउ


१९ भाद्र २०७५, मंगलबार


काठमाडौं । प्रहरीले दुई किलो नक्कली सुनसहित छ जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका – २ नागढुंगाबाट नक्कली सुनसहित छ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धादिङ घर भई हाल कोटेश्वर बस्ने २६ वर्षीय अभिषेक तामाङ, नुवाकोट तारकेश्वरका २८ वर्षीय राम तामाङ, धादिङ दार्खा घर भएका २१ वर्षीय राज तामाङ, नुवाकोट तारकेश्वर घर भई हाल सोह्रखुट्टे बस्ने २५ वर्षीय जितेन तामाङ, सोही ठाउँ घर भई हाल नेपालटार बस्ने २५ वर्षीय बिरेन्द्र तामाङ र धादिङ जिवनपुरका १८ वर्षीय राजकुमार तामाङ रहेका छन् ।

पक्राउ गरिएका सबैजनाको अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस