स्कुटी नहरमा खस्दा एकको मृत्यु, एक वेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्कुटी नहरमा खस्दा एकको मृत्यु, एक वेपत्ता


१९ भाद्र २०७५, मंगलबार


चितवन । स्कुटी नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।

भरतपुर महानगरमालिका – ७ को तेह्रसाल चोकको नहरमा स्कुटी खस्दा ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको छ । स्कुटीमा सवार अर्का एकजना वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार राति पेन्सन क्याम्पबाट तेह्रसाल चोकतर्फ जाँदै गरेको ना३४प ९९४१ नं. को स्कुटी पुल क्रस गर्ने क्रममा नहरमा खसेको थियो । भण्डारीको शव ५० मिटर टाढा फेला परेको र वेपत्ता भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस