चोरीको रकमसहित एक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चोरीको रकमसहित एक पक्राउ


१९ भाद्र २०७५, मंगलबार


पक्राउ

झापा । झापाको मेचीनगरबाट चोरीको रहमसहित एकजना पक्राउ परेका छन् ।

मेचीनगर – ६ का २५ वर्षीय मिलन श्रेष्ठलाई ११ लाख ९३ हजार रुपैयाँ चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार श्रैष्ठले मेचीनगर – ६ स्थित एसेस लाउण्डा मिनी क्यासिनोबाट गत भदौ ९ गते दराज फुटाएर ११ लाख ९३ हजार चोरी गरेका थिए ।

श्रेष्ठले क्यासिनोमै काम गर्ने कर्मचारीको टिप्स राख्ने दराज फुटाएर चोरी गरेका थिए । उनी पनि सोही क्यासिनोका कर्मचारी भएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस