संविधान होस् या संहिता जनचाहना अनुसार सुधार गर्न सकिन्छ : देउवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संविधान होस् या संहिता जनचाहना अनुसार सुधार गर्न सकिन्छ : देउवा


१८ भाद्र २०७५, सोमबार


चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान जनचाहना अनुसार सुधार गर्न सकिने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संविधान होस् या संहिता जनचाहनानुसार सुधार सकिने र सबै मिलेर सुधार गर्दै जानु पर्ने बताए ।

उनले चिकित्सक सङ्घका जायज माग पूरा गर्नुपर्ने र मुलुकी संहितालाई जनचाहनानुसार परिवर्तन गर्न सकिने जानकारी दिए ।

प्रेस स्वतन्त्रतामाथि कुनै अङ्कुश लगाउन नहुनेमा जोड दिँदै उनले भने, “प्रेस पूर्णरुपमा स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता हो र हुन्छ पनि ।” सरकारलाई जनभावना बुझेर काम गर्न सुझाव दिएका सभापति देउवाले मुलुकभर महिला हिंसाका घटना बढ्नु, दोषीलाई कारवाही गर्न नसक्नु र कञ्चनपुरमा बालिकामाथि बलात्कारपछिको हत्या घटनाका दोषी पत्ता लगाउन नसक्नु सरकरको कमजोरी भएको बताए ।

सभापति देउवाले अवैज्ञानिक ढङ्गले बढाइएका करका कारण जनता सताइएकाले त्यस्ता कर घटाउनुपर्नेमा समेत जोड दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस