मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु


१७ भाद्र २०७५, आइतबार


मोरङ । मोरङमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा गए राति मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३प ७९०९ नं. को मोटरसाइकलको ठक्करबाट तेह्रथुमको लालीगुँरास नगरपालिका–२ घर भएका ५५ वर्षीय उद्धव मोतेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोतेलाई उपचारका लागि स्थानीय पथरी अस्पतालमा पु-याउने बित्तिकै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेले नियन्त्रणमा लिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस