अवरुद्ध अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टा पछि सञ्चालनमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अवरुद्ध अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टा पछि सञ्चालनमा


१७ भाद्र २०७५, आइतबार


काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टा पछि सञ्चालनमा आएको छ ।

नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौं आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लु भएको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो ।

शनिबार राति भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन  ।

प्रतिक्रिया दिनुहोस