छतबाट खसेर एक महिलाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

छतबाट खसेर एक महिलाको मृत्यु


१४ भाद्र २०७५, बिहिबार


नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

फोहोर फाल्ने क्रममा घरको छतमा गएकी ३० वर्षीया सिर्जना ढुङ्गानाको खसेर मृत्यु भएको हो । फोहर सङ्कलन गर्ने गाडी आएपछि उनी फोहर फाल्न घरको छतमा चढेकी थिइन् ।

छतमा कुर्सीमा चढेर फोहर फाल्न खोज्दा ढुङ्गाना चिप्लिएर सडकमा खसेकी थिइन् । गम्भीर घाइते भएकी उनलाई त्रिशूली अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस