सप्तरीमा बस दुर्घटना, १७ घाइते, तीन गम्भीर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सप्तरीमा बस दुर्घटना, १७ घाइते, तीन गम्भीर


१४ भाद्र २०७५, बिहिबार


राजविराज । सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ ।

पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नंको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो ।

इलाका पैहरीकार्यालय कल्याणपुरका अनुसार बस अनियन्त्रित भई सडकमा पल्टेको हो ।

गम्भीर घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जानएको छ ।

प्रतिक्रिया दिनुहोस