शून्य दरबन्दीमा सञ्चाललित सामुदायिक विद्यालय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

शून्य दरबन्दीमा सञ्चाललित सामुदायिक विद्यालय


१३ भाद्र २०७५, बुधबार


School

नवलपरासी । पश्चिम नवलपरासीका ४५ सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी शून्य छ ।

शिक्षा विकास तथा समन्वय इकाइ पश्चिम नवलपरासीका अनुसार वर्षौँदेखि शिक्षकको शून्य दरबन्दीमा सामुदायिक विद्यालय सञ्चालन हुँदै आएका छन् ।

हालसम्म शिक्षकको शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका विद्यालयलाई यस वर्ष शिक्षक भर्ना गर्न बजेट विनियोजन गरिएको जनाइएको छ ।

विद्यालयमा विद्यार्थीको सङ्ख्याका आधारमा सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न न्यूनतम एउटा विद्यालयलाई एक दरबन्दीको शिक्षक पर्ने गरी बजेट व्यवस्थापन गरिएको छ ।

हालसम्मको अवस्थामा पश्चिम नवलपरासीमा आधारभूत तह कक्षा एकदेखि पाँच कक्षासम्म दुई, आधारभूत तह कक्षा छदेखि आठ कक्षासम्म २९ र माध्यमिक तह कक्षा नौ देखि १० कक्षासम्म १४ सामुदायिक विद्यालय शिक्षकको शून्य दरबन्दीमा सञ्चालित छन् ।

यसरी वर्षौँदेखि शून्य दरबन्दीमा सञ्चालनमा रहेका यी सामुदायिक विद्यालय स्थानीय स्रोत साधन परिचालन गरी निजी स्रोतबाट सञ्चालन हुँदै आएको अवस्था छ ।

अभिभावक, चन्दादाता वा अन्य दाताको सहयोगका भरमा सञ्चालन हुँदै आएका ती विद्यालयलाई रकम विनियोजन भएपछि शिक्षकमा सहजता हुने देखिन्छ ।

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न दरबन्दी पुनःवितरण, दरबन्दी मिलान, आवश्यक रहेको बताइएको छ ।

पश्चिम नवलपरासीका सात स्थानीय तहमा २०५ सामुदायिक विद्यालय रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस