२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगले विज्ञापन रोक्दैन, कर्मचारीको अभाव हुँदैन : मन्त्री पण्डित

अ+ अ-

भक्तपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा अब कर्मचारीको अभाव नहुने बताएका छन् । उनले भने, ‘लोक सेवा आयोगले धमाधम नयाँ जनशक्ति निकाल्दै छ, आयोगले विज्ञापन रोक्दैन, आवश्यकताअनुसार खोलिरहन्छ, ती कर्मचारी स्थानीय तहमा पठाइन्छ, कर्मचारी अभाव हुँदैन ।”

भक्तपुरबाट प्रकाशित हुँदै आएको डोलेश्वर दैनिकको प्रथम वार्षिकोत्सव एवं इ डोलेश्वर डट कम अनलाइन संस्करणको आज आयोजित शुभारम्भ कार्यक्रममा मन्त्री पण्डितले पत्रकारले पनि सही ढङ्गले आफ्नो जिम्मेवारी पूरा गरे कुनै पनि कानूनदेखि डराउनु नपर्ने बताए । सरकार, जनता, कर्मचारी, पत्रकार सबै आ–आफ्नो ठाउँमा जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री पण्डितले भने, “पत्रकार मित्रहरु गल्ती गर्नुभएको छैन भने देवानी तथा फौजदारी संहिताबाट डराउनु पर्दैन, कुनै दण्ड भोग्नु पनि पर्दैन, यदि गल्ती गर्नुभएको छ भने छुट माग्न पाउनु हुन्न ।”

कार्यक्रममा सांसद महेश बस्नेतले लोकतन्त्रलाई अराजकतन्त्रका रुपमा लैजान नहुने बताउँदै प्रेसलाई सङ्कुचित बनाउने गरी संहिता आएको हो भने त्यसलाई संशोधन गरेर जान संसद्मा आवाज उठाउन आफू तयार रहेको बताए । प्रदेश नं। ३ का प्रदेश सदस्य शशीजंग थापाले पत्रपत्रिका, अनलाइन र सञ्चारमाध्यमले अब विकासका समाचारलाई प्राथमिकता दिनुपर्छ भने ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी भक्तपुरका अध्यक्ष बचन देउजा, नेपाली कांग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापा, प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाई, प्रेस अर्गनाईजेसनका केन्द्रीय सदस्य सोम शर्मा (बजगाई), कलाकार जीतु नेपाल, डोलेश्वर दैनिकका व्यवस्थापक जनक गिरी, प्रकाशक सम्पादक पेशल आचार्यलगायतले निष्पक्ष र विभेदरहित समाचारका रुपमा सञ्चार माध्यम अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । रासस