निर्मला हत्या प्रकरण : बम दिदी बहिनीलाई अदालत उपस्थित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्मला हत्या प्रकरण : बम दिदी बहिनीलाई अदालत उपस्थित


११ भाद्र २०७५, सोमबार


Nirmala Pant

कञ्चनपुर ।  निर्मला हत्याको अनुसन्धानमा पक्राउ परेका बम दिदी बहिनीलाई अदालत उपस्थित गराइएको छ ।

कञ्चनपुर प्रहरीले पक्राउ गरिएका रोशनी बम र बबिता बमलाई थप अनुसन्धानका लागि जिल्ला अदालतमा पेश गरेको छ ।

उनीहरुलाई आज अदालत उपस्थित गराइएको हो । नयाँ प्रहरी नेतृत्व गएपछि बम दिदी बहिनी शनिबार पक्राउ परेका थिए।

उनीहरुमाथि प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै मृतकका आफन्त प्रहरीसँग रुष्ट भई आन्दोलन गरेका थिए।

उच्चस्तरीय छानबिन समितिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस