टिपरको ठक्करले एकको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टिपरको ठक्करले एकको मृत्यु


११ भाद्र २०७५, सोमबार


काठमाडौं । टिपरको ठक्करले एकजनाको मृत्यु भएको छ । नुवाकोटको ककनी गाउँपालिका -१ महालक्ष्मी ओखरपौवामा आज विहान टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

काठमाडौंबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ जाँदैगरेको बा २ ख ६११८ नं. को टिपरको ठक्करले पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

टिपर चालक दुर्घटनापछि फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस