विषयगत प्रश्न : सामाजिक द्वन्द्व व्यवस्थापन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विषयगत प्रश्न : सामाजिक द्वन्द्व व्यवस्थापन


११ भाद्र २०७५, सोमबार


प्रश्न १. सामाजिक द्वन्द्वको व्यवस्थापनका लागि नेपालमा अवलम्बन गरिएका प्रयासहरूको चर्चा गर्दै सामाजिक द्वन्द्वको व्यवस्थापन गर्न सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारीहरूको भूमिका के-कस्तो हुनुपर्दछ ? (६+४)

प्रश्न १. को उत्तर :

सामाजिक द्वन्द्व:
सामाजिक द्वन्द्व मूल्यमान्यता, विश्वास, बुझाई र अवधारणामा रहेको भिन्नताका कारण उत्पन्न हुने मनोवैज्ञानिक अवस्था हो जुन विभिन्न स्वरूप जस्तै असहमति, प्रतिक्रिया, क्रोध, रिसिइवी, दुस्मनी, गालीगलौज, मुद्दा मामिला, कुटपिट वा हिंसा र युद्धको रूपमा समाजमा देखिने समस्या हो ।

  • सामाजिक द्वन्द्व एक रुपान्तकारी पक्ष हो, जसले समाजलाई विविधिकरणका लागि सहयोग गर्दछ । सामाजिक द्वन्द्वको व्यवस्थापनका लागि नेपालले अवलम्बन गरेका प्रयासहरूलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ
  •  नेपाली समाजमा विद्यमान गरिबी बेरोजगारी तथा जातजाति, लिङ्ग, र भूगोलमा आधारित असमानता, केन्द्रीकृत शासन प्रणाली, सर्त र साधनको पहुँच र उपयोगमा गरिएको विभेदमा समय-समयमा यसको विकसित रूप नेपालमा भयो फलस्वरूप, राजनीतिक आन्दोलन, सशस्त्र द्वन्द्व तथा विवादहरू उत्पन्न भए र रूपान्तरणको चरणहरू पुरा हुँदै गई रहेका छन् ।
  •  नेपालको संविधानले प्रस्तावनामै बहुजातीय, बहुभाषिक, बहु धार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात् गरी विविधता बिचको एकता कायम गर्ने उल्लेख गरिएको छ ।
  • देशमा समावेशिता, धर्म निरपेक्षता, लोकतान्त्रिक मूल्य मान्यता, समानता र सामाजिक न्यायजस्ता पक्षलाई व्यवस्थित गर्दै दिगो शान्ति सुशासन, विकास र समृद्धिको आकांक्षा राखी अगाडी बढेको छ ।
  •  संविधानको धारा छज्ञ मा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा पारस्परिक नीतिलाई अंगिकार गरिएको छ ।
  • सामाजिक न्याय र समानता कायम गर्न, मौलिक हकको व्यवस्था र प्रत्याभूतिलाई अंगिकार गरिएको छ ।
  • तीनै तहको संरचनामा पहुँच र प्रतिनिधित्व कायम गर्ने यथेष्ट व्यवस्था गरिएको छ ।
  •  विभिन्न भाषा संस्कृति र कलाको संरक्षण गर्दै अपनत्वको भाव श्रृजना गर्न संवैधानिक निकायको व्यवस्था गरिएको छ ।
  •  तल्लो तहसम्म मेलमिलाप, मध्यस्थता जस्ता वैकल्पिक उपायहरूको अवलम्बन गर्ने न्याय र दण्ड व्यवस्था सम्बन्धी नीति अवलम्बन गरिएको छ ।
  •  चौध योजनामा शान्ति तथा पुनर्स्थापना, मेलमिलाप, आपसी सद्भाव र सुशासन मार्फत दिगो शान्त र समृद्ध नेपालको कल्पना गरिएको छ ।
  • सशस्त्र द्वन्द्व समाधानका लागि विस्तृत शान्ति सम्झौता, संक्रमणकालिन न्याय, राष्ट्रिय मेलमिलाप नीति अवलम्बन गर्ने कार्य गरिएको छ ।
  •  सशस्त्र द्वन्द्वको समयमा भएका दमन र अन्यायलाई न्यूनिकरण गर्न पुनर्स्थापना कार्यक्रम र राहत कार्यक्रमलाई विशेष व्यवस्था गरिएको छ ।
  •  स्थानीय शान्ति समितिको निर्माण गरी द्वन्द्व रूपान्तरणलाई सहयोग पुर्र्याएको छ ।
  •  बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, द्दण्ठज्ञ जारी भई सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरी कार्यान्वयनमा लगिएको छ।
  •  गुनासो सुनुवाइ निर्देशिका तयार गरी गुनासो सुन्ने व्यवस्था र व्यवस्थापन तरिका अवलम्बन गरिएको छ ।
  •  समाजमा हुने विवाद, हिंसा न्यूनिकरण गर्न र समता मूलक समाज निर्माण गर्न मध्यस्थता ऐन, द्दण्छछ मेलमिलाप ऐन, द्दण्टड लागू गरिएको छ ।
  •  छुवाछुत, जातीय भेदभाव, महिला अधिकारको विषयमा यथेष्ट कानुन र कार्यान्वयनका लागि संस्थागत व्यवस्था गरिएको छ ।
  •  विकासको हरेक चरणमा स्थानीय सहभागिता वृद्धि गर्ने गरी सङ्घ, प्रदेश तथा स्थानीय तहको परिकल्पना गरी सबैको विकासमा अपनत्वको भावको सृजना गरिएको छ ।

सामाजिक द्वन्द्व व्यवस्थापनमा सार्वजनिक पदाधिकारीले निभाउनु पर्ने भूमिकालाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ :
– मध्यस्थकर्ता : द्वन्द्वरत पक्षहरूको बिचमा सार्वजनिक पद धारण गरेको व्यक्तिको ज्ञान, सिप, क्षमता र दक्षताको प्रयोग गर्दै विश्वासको आधारमा मध्यस्थकर्ताको भूमिका द्वारा सामाजिक विवाद तथा द्वन्द्व समाधान गर्न सक्दछ ।
– कानुनी वैधतायुक्त मध्यस्थकर्ता : सार्वजनिक पदाधिकारीमा कानुनी अधिकार पनि प्राप्त हुन्छ । कानुनको वैधता प्राप्त निकाय वा व्यक्तिरहेकोले राज्यको वैधानिक शक्तिको माध्यमबाट न्याय दिलाउने भूमिका रहेको हुन्छ । (जस्तै प्रमुख जिल्ला अधिकारीको भूमिका)
– समायोजन कर्ता (Conciliator): सार्वजनिक जिम्मेवार व्यक्तिले समायोजनको भूमिका निर्वाह गरी द्वन्द्व रुपान्तणमा सहयोग गर्न सक्दछ । सम्वाद गर्ने अवस्थामा ल्याउन सक्ने क्षमता राख्दछ । समस्याकव गहिराई सम्म पुगेर समस्या लई निराकरण गर्नका लागि समायोजन कर्ताको भूमिका निर्वाह गर्न सक्दछ ।
– परामर्शदाता : व्यावसायिक दक्षता, क्षमताको प्रयोग गरी उसँग भएको Information, Academic Knowledge, Experience ले स्वतन्त्र पूर्वक परामर्श दिने क्षमता राख्दछ, परामर्शका आधारमा द्वन्द्व समाधानमा उल्लेख्य भूमिका निर्वाह गर्न सक्दछ ।   

यसलाई चित्रको माध्यमद्वारा पनि हेर्न सकिन्छः      

                                 

 

निष्कर्ष : विवाद तथा द्वन्द्व समाजको अभिन्न अङ्ग हो, द्वन्द्व सकारात्मक प्रभावको धोतक भएकोले उचित व्यवस्थापन गर्न सकिए, द्वन्द्व रूपान्तरणले विविधिकरण विकास र नयाँ आयामको विकास गर्दछ। जसले पहुँच, प्रतिनिधित्व, अपनत्व र सहभागितालाई जागृत गर्ने भएकोले समय परिस्थिति अनुरूप द्वन्द्वको व्यवस्थापन शैली र तरिका अपनाई विवाद तथा द्वन्द्वको व्यवस्थापन गर्नुपर्दछ ।


प्रस्तुती
भुवन ज्ञवाली


यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस