२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक दशकपछि गर्भिणी भए चार ढोई

अ+ अ-

इटहरी । सुनसरी जिल्लाको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पालिएकाका एक दशकपछि चार ढोई (पोथी हात्ती) त्यहाँ आउने जङ्गली हात्तीको संसर्गबाट गर्भिणी भएका छन् ।

विगत दश वर्षदेखि थारो रहेका आरक्षका हात्ती एकै पटक गर्भिणी भएको उक्त आरक्षले जनाएको छ । कोशी टप्पुमा हात्तीको सङ्ख्या न्यून हुँदै गएका बेला चार ढोई गर्भिणी भएपछि आरक्षका कर्मचारी खुशी भएका छन् ।

उक्त आरक्षमा रहेका पाँचमध्ये अम्बिकाकली, सरस्वतीकली, शोभाकली र लक्ष्मीकली नाम गरेका हात्ती गर्भिणी भएपछि उत्साहका साथ आफूहरू छावाको प्रतिक्षामा रहेको आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए । संरक्षणमा रहेका ढोईका कारण फिरन्ते जङ्गली हात्ती आरक्ष क्षेत्रमा आउने गरेका जानकारहरू बताउँछन् । गर्भधारणपछि ढोईले १८ देखि २१ महिना भित्र छावा जन्माउने गर्दछ । आरक्षमा १० हात्ती राख्न सकिने व्यवस्था रहे पनि हाल पाँच मात्र छन् ।

उक्त आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा लगिएका दमदमकली र सरस्वतीकली २८ वर्षपछि वि.सं. ०६३ मा कोशीटप्पुमा फिर्ता ल्याइएको थियो । चितवानबाट अरु तीन हात्ती फिर्ता हुन बाँकी छन् । चितवनमा हात्ती चढेर जङ्गल सफारी गर्ने पर्यटक बढेपछि वि.सं. ०४५ मा ती हात्ती चितवन लगिएको आरक्ष प्रशासनले बताउँदै आएको छ ।

आरक्षको क्षेत्र विस्तार र सुरक्षाका लागि ती हात्ती पनि पूर्वाधार तयार गरेर फर्काइने प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए । हात्तीमा चढेर आरक्ष घुम्न विदेशी पर्यटकका लागि दुई हजार र स्वदेशीलाई ५०० राजश्व लिने गरिन्छ । पछिल्लो समय आन्तरिक पर्यटक हात्तीमा शयर गर्न रुचाउन थालेको आरक्षले जनाएको छ । चितवनमा रहेका हात्तीका लागि दाना र माउतेको तलबभत्ता समेत उक्त आरक्षले नै ब्यहोर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस