पोखरामा १३ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको आशंका « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पोखरामा १३ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको आशंका


९ भाद्र २०७५, शनिबार


एसिड

पोखरा । पोखरामा विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी एक बालिकाको बलात्कार पछि हत्या भएको आशंका गरिएको छ । पोखरा महानगरपालिका– १९ लामाचौरकी १३ वर्षीया बालिका पुष्पा केसीको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा भेटिएको थियो ।

स्थानीयका अनुसार उनको योनाङ्गबाट रगत बगेको तथा त्यो रोक्न प्याडको प्रयोग गरिएको र उनले लगाएको स्कर्ट शबभन्दा केही पर पाइएकाले उनको बलात्कार पछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

घटनाको अनुसन्धान गरिरहेको बताउँदै प्रहरीले लडेर मृत्यु भएको हो वा बलात्कार पछि हत्या भएकोको हो अहिले नै भन्न नसकिने बताएको छ ।

पुष्पा बिन्ध्यबासिनी मावि कक्षा ६ मा अध्ययनरत छात्रा हुन् । उनको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस