निर्मला पन्त प्रकरणले तात्यो संसद : छानबिनमा विवेक पु-याउन माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निर्मला पन्त प्रकरणले तात्यो संसद : छानबिनमा विवेक पु-याउन माग


७ भाद्र २०७५, बिहिबार


काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले कञ्चनपुरको भीमदत्त नगरपालिका– २ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणमा निर्दोष पर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विशेष र शुन्य समयमा सांसदहरुले हत्या प्रकरणको छानबिनमा विवेक पु-याउन माग गरे ।

सांसदहरु मीन विश्वकर्मा र दीपप्रकाश भट्टले हत्या प्रकरण गम्भीरतापूर्वक छानबिन गर्न माग गरे । मानसिक ठीक नभएका व्यक्तिलाई पक्राउ गरेर घटनालाई अन्यत्र मोड्न खोजेको भन्दै चनाखो रहन सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरु मीना पाण्डे, मैना भण्डारीले पनि निर्मला पन्त हत्या प्रकरणमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस