विगारिएको तस्बिर शेयर गर्ने वडा सचिवलाई पाँच दिन थुनामा राख्न आदेश « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

विगारिएको तस्बिर शेयर गर्ने वडा सचिवलाई पाँच दिन थुनामा राख्न आदेश


७ भाद्र २०७५, बिहिबार


काठमाडौँ । काठमाडौं जिल्ला अदालतले काभ्रेको रोशी–५ का वडा सचिव होमनाथ सिग्देललाई ५ दिन थुनामा राखी अनुसन्धान आदेश दिएको छ ।

मंगलबार बबरमहलबाट पक्राउ परेका सिग्देलमाथि महानगरीय अपराध महाशाखाले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ।

नायब सुब्बा (नासु) सिग्देलले फेसबुकमा प्रधानमन्त्रीको टाउको बाँदरको शरीरमा जोडिएको फोटो सेयर गरेका थिए ।

विद्युतीय कारोबार ऐनको दफा ४७ ले कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्न रोकेको छ।

त्यस्ता सामग्री प्रकाशन÷प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै हुने उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस