चोरीको गाडीसहित सामान नियन्त्रणमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चोरीको गाडीसहित सामान नियन्त्रणमा


७ भाद्र २०७५, बिहिबार


गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सापतैलीबाट प्रहरीले दुई चोरीको गाडीसहित १० लाख बढीको सामान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार चोरबाटो हुँदै भारतबाट चोरी निकासी गरी नेपाल प्रवेश गरेको ना४च ४३३२ र ना४च ४८९४ नम्बरको दुई पिकअप भ्यान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको गस्ती टोलीले पर्सापतैली–५ बाट नियन्त्रणमा लिएको हो ।

प्रहरीको गस्ती टोलीले चोरीको दुई पिकअपमा ३६ बोरा ५० किलोको दरले प्याज समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए । यसरी प्रहरीले बरामद गरेको दुई चोरीका पिकअप र भन्सार छली ल्याएको ३६ बोरा प्याज गरी १० लाख १८ हजार मूल्य बराबरको सबै सामान आवश्यक कारवाहीको लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस