बेलायतले दियो उपसभामुखलाई महिला सांसदको सम्मेलनमा निमन्त्रणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बेलायतले दियो उपसभामुखलाई महिला सांसदको सम्मेलनमा निमन्त्रणा


६ भाद्र २०७५, बुधबार


काठमाडौं– नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले बुधबार उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेसँग भेट गरेकी छन् ।

उपसभामुख कार्यालय सिंहदरवारमा भएको भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध, नेपालको कानुन निर्माण र संसदीय अभ्यासका विषयमा छलफल भएको थियो ।

भेटमा राजदूत मोरिसले आगामी नोभेम्बरमा बेलायतमा हुने विश्वभरका महिला सांसदको सम्मेलनमा सहभागी हुन निम्तो दिएका थिए । बेलायतमा महिलालाई चुनावमा सहभागी हुने अधिकार प्राप्त भएको एक सय वर्ष पुगेको अवसरमा सम्मेलन हुन लागेको हो ।

उपसभामुख डा. तुम्बाहाङ्फेले सम्मेलनमा सहभागी हुन बेलायत सरकारका तर्फबाट भएको निमन्त्रणाप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबीच संसदीय प्रक्रिया र अभ्यास आदानप्रदान हुने विश्वास व्यक्त गरिन् ।

उनले संस्कार धर्मबाहेक विश्वभरका महिलाहरुको समस्या साझा भएको भन्दै सम्मेलनमा त्यस विषयमा छलफल हुने अपेक्षा गरिन् ।

राजदूत मोरिसले नेपालमा भएको कानुन निर्माण तथा संसदीय समिति गठनलगायतका विषयमा चासो व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस