मलेसिया गएका दिनेश तीन वर्षदेखि बेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मलेसिया गएका दिनेश तीन वर्षदेखि बेपत्ता


६ भाद्र २०७५, बुधबार


मलेसिया र नेपालबीच श्रम सम्झौता

पाल्पा । मलेसियामा पैसा कमाउन गएका पाल्पा जिल्लाको माथागढी गाउँपालिका–२, रुप्सेका दिनेश झेडी तीन वर्षदेखि बेपत्ता भएका छन् ।

दिनेश तीन वर्षदेखि घरपरिवारसँग सम्पर्कविहीन छन् । लामो समयदेखि सम्पर्क हुन नसक्दा घरपरिवार चिन्तित बन्दै गएका छन् । पैसा कमाउन गएको छोराले घरमा फोनसमेत नगर्दा परिवारका सबै पीडामा रहेको बुवा गुनबहादुर झेडीले बताए । ऋण खोजेर पैसा कमाउन गएको तर घरपरिवारसँग सम्पर्क नहुँदा परिवारमा समस्या थपिएको छ ।

मलेसिया गएको पाँच वर्ष भइसकेको तर दुई वर्षको अवधिसम्म घरपरिवारसँग सम्पर्क हुने गरेपनि त्यसपछि सम्पर्क हुन नसकेको गुनबहादुरले बताए । विदेशबाट छोराको फोन आँउछ की भन्दै टेलिफोनको आशामा दिनरात बितेको आमा गीता झेडीको भनाइ छ ।

उनका जेठा दाइ सुन्दर झेडीले मलेसियामा रहेका नेपालीलाई सामाजिक सञ्जालमार्फत भाइको खोजी गरिदिन अनुरोध गरेका छन् ।

स्थानीय बासिन्दा तथा अगुवा युवा नवराज पन्थीले मलेसियामा रहेका नेपाली दाजुभाइलाई दिनेश झेडीलाई खोजेर घर पठाउन अनुरोध गरेका छन् । नेपाली युवा विदेशमा गएर परिवारको सम्पर्कमा नआउँदा परिवारमा समस्या हुँदै आएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस