बकर–इदले समृद्ध नेपाल निर्माण गर्ने संकल्प पूरा गरोस्ः राष्ट्रपति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बकर–इदले समृद्ध नेपाल निर्माण गर्ने संकल्प पूरा गरोस्ः राष्ट्रपति


प्रशासन विशेष ब्युरो

६ भाद्र २०७५, बुधबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद (इदुल जोहा( ले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

शुभकामना सन्देश जारी गर्दै भण्डारीले सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेकाले यो पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबद्र्धन गरी मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस