प्रदेश २ बढी सम्भावना बोकेको प्रदेश होः प्रधानमन्त्री ओली « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेश २ बढी सम्भावना बोकेको प्रदेश होः प्रधानमन्त्री ओली


२ भाद्र २०७५, शनिबार


जनकपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश भएको बताएका छन् ।

जनकपुरमा आज २ नम्बर प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रदेशको विकासका लागि संघीय सरकारले विशेष नीति बनाएको जानकारी दिए । जनताको आधारभूत आवाश्कता पूरा गर्दै तराई मधेसमा कृषिको आधुनिकीकरण गरिने प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्रीले तराईलाई सुख्खा र मरुभूमिबाट जोगाउनुपर्ने बताउँदै कोशी–मरिन–कमला डाइभर्सन निर्माण गरेर सिँचाइको व्यवस्था मिलाउने उल्लेख गरे । उनले तराईमा मल कारखाना खोल्ने पनि जानकारी दिए ।

विकासका लागि ठूला योजनाहरु बनाउनैपर्ने दोहो¥याउँदै प्रधानमन्त्री ओलीले भने, ‘साँझ विहान छाक टार्ने मात्रै कुराले मुलुक विकसित हुन सक्दैन ।’ नेपाल सरकारले लिएको ‘सुखी नेपालीः समृद्ध नेपाल’को नारालाई भारत र चीनले पनि साथ दिएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।

प्रधानमन्त्रीले तराईको सप्तरीबाट नेपाल समुद्रसँग जोडिन लागेको बताउँदै राजविराजमा मेडिकल कलेज खोल्ने, पाँच वर्षभित्र हुलाकी सडक निर्माण गर्ने, २ नम्बर प्रदेशका ८ जिल्लामा ८ हजार घर निर्माण गर्नेलगायतका योजना सुनाए ।

प्रधानमन्त्रीले आफ्नो जीवन विभेदविरुद्ध लडेको स्मरण गर्दै नयाँ संविधानमा कुनै क्षेत्र र समूदायले विभेदको महसुस गरे संविधान संशोधन गर्न सकिने विचार व्यक्त गरे ।

प्रधानमन्त्रीले कुनै पनि नेपाली नागरिकताविहीन हुन नसक्ने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस