५ वर्षभित्र गरिबी अन्त्य : अर्थमन्त्री खतिवडा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

५ वर्षभित्र गरिबी अन्त्य : अर्थमन्त्री खतिवडा


१ भाद्र २०७५, शुक्रबार


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच वर्षभित्र मुलुकबाट गरिवी अन्त्य गर्ने दाबी गरेका छन् ।

अर्थमन्त्री खतिवडाले शुक्रबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकास लक्ष्य हासिल हुनेगरी सरकारले गरिवी निवारणलगायतका क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको पनि स्पष्ट पारे ।

उनले संयुक्त राष्ट्र संघले घोषणा गरेको भन्दा अघि नै नेपालले दिगो विकास लक्ष्य हासिल गर्ने दावी पनि गरे । त्यसका लागि सरकारले पूर्वाधार विकासको काममा जोड दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ । उनले संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकास लक्ष्य अनुसार सरकारले साक्षरता, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा आवश्यक योजना बनाईरहेको पनि बताए ।

सन् २०३० भित्र नेपालले दिगो विकास हासिल गर्ने लक्ष्य लिएको छ । सोभन्दा अघि नै दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले कामलाई तीव्रता दिएको अर्थमन्त्री खतिवडाको दावी छ । अर्थमन्त्री खतिवडाले दिगो विकासका लागि आवश्यक पूर्वाधार विकासको कामलाई अघि बढाउन सरकारले अन्तराष्ट्रिय लगानी भित्रयाउन लागि परेको पनि स्मरण गराए ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले दिगो विकास लक्ष्य हासिल हुनेगरी तथ्यांक संकलनको काम सुरु गरिएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस