रौतहट । नापी कार्यालय, गौरका नापी अधिकृत घुससहित पक्राउ परेका छन् ।
कार्यालयमा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नापी अधिकृत धिरेन्द्र कुमार लाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनी १४ हजार रूपैयाँ घुससहित पक्राउ परेका हुन् ।
अधिकृत लालले कार्यालयमा आएका एक सेवाग्राहीसँग जग्गाको नक्सा र कित्ता काट गर्नका लागी १४ हजार रकम माग गरेका थिए ।