२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देवानी र अपराध संहिता विषयमा भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्रीको आग्रह

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, “मुलुकी देवानी र मुलुकी अपराध संहिता लागू गर्ने कुरामा निकै भ्रमपूर्ण हल्ला चलाइएको छ, तर यो त पोहोर साल नै व्यापक छलफल गरेर संसद्ले पारित गरेको कानून हो ।” उनले अस्पतालमा उपचार गर्दा बिरामीको मृत्यु भएमा चिकित्सकलाई जन्मकैद हुने भन्ने हल्ला र भ्रम फिँजाउने काम नगर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले नयाँ कानून आउँदा केही केही व्यवस्था नयाँ हुने हुँदा अभ्यासमा केही समय लाग्ने बताउँदै जनतालाई नकारात्मक असर पर्ने खालको कुनै पनि व्यवस्था संहितामा नभएको स्पष्ट गरे । सरकारले संविधान र कानूनको परिधिभित्र रहेर विकास निर्माण गर्ने, गरीबको जीवनस्तर उकास्ने, सामाजिक सुरक्षामा ध्यान दिने, शान्ति कायम गर्ने तथा राष्ट्रिय एकता कायम गर्ने तरिकाले काम गरिहेको बताउँदै आफ्नो स्वार्थका नाममा देशमा बितण्डा मच्चाउने खालका गतिविधि सञ्चालन नगर्न सबैमा आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने, “सरकार अल्मलिएको छैन, देश अल्मलिएको छैन, जनता र युवाशक्ति अल्मलिएका छैनन्, अल्मलियो कि भन्ने पीर प्रतिपक्षलाई लागेको छ, तर सरकारले राष्ट्र र जनताको हितका लागि निरन्तर काम गरेको छ ।”

पार्टीमा प्रवेश गर्ने कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले नवप्रवेशीबाट पार्टीलाई नयाँ उचाइमा पु¥याउन थप बल पुग्ने उल्लेख गरे । उनले भने, “उड्दाखेरि मौरीका साथ लागेर उड्यो भने फूलको थुँगामा पुगिन्छ, झिँगाको साथमा लागेर उडियो भने फोहोर डुङ्गुरमा पुगिन्छ, तपाईंहरु उडान भर्नका लागि मौरीको साथमा लाग्नुभएको छ, फूलकै थुङ्गामा पुगिने ।” उनले नवप्रवेशीहरु जुन उत्साह र विश्वासका साथ प्रवेश गरेका त्यसअनुरुप पार्टीले जिम्मेवारी दिने छ भने ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले समेत पार्टीमा टिक्न नसकेको उदाहरण दिँदै नवप्रवेशी कार्यकर्ताले नेकपामा प्रवेश गरेर सही निर्णय लिएको बताए ।

सो अवसरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार समृद्ध नेपाल र खुशी नेपाली बनाउने अभियानअनुसार विकास र समृृद्धिको उद्देश्यअनुरुप काम गरिरहेको बताए । उनले नयाँ कार्यकर्ता नेकपामा प्रवेश गर्दा पार्टी अझ बलियो भई थप उत्साह थपिएको अनुभूति आफूलाई भएको छ भने । पार्टी अध्यक्षद्वयले नेपाली काङ्ग्रेसलगायत पार्टीबाट नेकपमा प्रवेश गर्ने ३०० जनालाई टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस