कर समायोजनको सहमतिपछि सात दलको आन्दोलन फिर्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर समायोजनको सहमतिपछि सात दलको आन्दोलन फिर्ता


३१ श्रावण २०७५, बिहिबार


रत्ननगर । चितवनको रत्ननगर नगरपालिकामा कर समायोजनको सहमती भएपछि सात दलले गरेको आन्दोलन फिर्ता भएको छ ।

गए राति विज्ञसमिति गठन गरी कर समायोजनको सहमति भएको जनाइएको छ । नगरप्रमुख विमला दुवाडीको उपस्थितिमा दलहरु र नगरपालिकाबीच ११ बुँदे सहमति भएसँगै चार दिनदेखि जारी रिले अनसन समेत तोडेका छन् ।

सहमतिपत्रमा नगरपालिकामा विलासिताका सामान नकिन्ने, पुराना सामानलाई लिलामी प्रक्रियामा लैजाने, नगरवासीमा भेदभाव नगर्ने, कानूनी प्रक्रिया पु¥याएर मात्रै कर्मचारी राख्ने, रू ३० लाखसम्मका योजना उपभोक्ताबाट गराइने र अरु ठूला योजना टेन्डरमार्फत् गर्ने, नगरस्तरीय दललाई उपेक्षा नगर्नेजस्ता विषयमा सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस