कैलाश मानसरोवर गएका दुई भारतीय तीर्थयात्रीको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कैलाश मानसरोवर गएका दुई भारतीय तीर्थयात्रीको मृत्यु


३० श्रावण २०७५, बुधबार


रसुवा । तिब्बतस्थित मानसरोवर कैलाश गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागी मृत्यु भएको छ ।

सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा भारत गुजरात घर भएकी करीब ७० वर्षीया सोधाबेन पटेल र तामिलनाडुकी करीब ६४ वर्षीया अनुुसूया संगम एस्ववारी छिन् ।

उनीहरु दुवै अर्थ ब्राउण्ड ट्रेकिङ र सम्राट् ट्रेकिङमार्फत गएका थिए । तिनको शव काठमाडौं लाने तयारी भइरहेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस