बिदा कटौति नगर्न प्रधानमन्त्रीलाई ज्ञापन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बिदा कटौति नगर्न प्रधानमन्त्रीलाई ज्ञापन


२९ श्रावण २०७५, मंगलबार


काठमाडौं । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मुस्लिम समूदायका बिदा कटौति नगर्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञपन पत्र बुझाएको छ ।

गठबन्धन संयोजक समीम मियाँ अन्सारी नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई भेट्दै सरकारको निर्णय सच्याउन आग्रह गरेको हो ।

गठबन्धनले इद र बक्र इदको विदालाई राष्ट्रिय बिदाबाट सामूदायिक बिदामा खुम्च्याएको भन्दै निर्णय सच्याउन माग गरिएको जनाएको छ ।

आगामी भदौ ६ गते मुस्लिम समूदायको ठूलो पर्व बक्र इद परेकाले त्यस अगाडि नै निर्णय सच्याउन गठबन्धनको माग छ । प्रधानमन्त्री ओलीले यस विषयमा अध्ययन गरेर निर्णय लिइने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस