निःशुल्क समाजवाद उन्मुख शिक्षालाई जोड दिइएको छ : गृहमन्त्री थापा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निःशुल्क समाजवाद उन्मुख शिक्षालाई जोड दिइएको छ : गृहमन्त्री थापा


२५ श्रावण २०७५, शुक्रबार


चितवन । गृह मन्त्री रामबहादुर थापालाई गृह जिल्ला चितवनमा सम्मान गरिएको छ ।

रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका संयुक्त प्राध्यापक संगठन र संयुक्त विद्यार्थी सगठंनले संयुक्त रुपमा एक भव्य समारोहका विच सम्मान गरेका हुन् ।

तत्कालीन रामपुर कृषि क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका थापा राज्यको सुरक्षा व्यवस्थाको प्रमुख निकायमा पुग्नु समग्र देशकैै लागि गौरवको विषय हो ।

कृषि शिक्षा सर्वसधारणको पहुँचमा पुराउन, निजि क्षेत्रलाई दिने सम्बन्धन, कृषि परिषद् गठन र कृषि शिक्षा ऐन, नी ति निर्माणका लागि पहल गर्न समेत प्राध्यापक र विद्यार्थीहरुले सो अवसरमा माग राखेको कृषि विश्व विद्यालयका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले जानकारी दिए ।

सो अवसरमा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले समाजवादी शिक्षालाई लागु गर्न सरकारले अग्रसर भएको बताएका छन् । उनले भने ‘शिक्षामा अहिले अप्लसंख्यक पुँजीवादीको हावी छ बहुसंख्यक अझै बाहिर छन्, त्यो हुनु हुदैन्, शिक्षा समाजवाद उन्मुख हुन जरुरी छ ।’

सरकारले शिक्षामा निजि र सिन्डीकेटको अन्त्य गर्दै निःशुल्क समाजवाद उन्मुख शिक्षालाई जोड दिएको बताउदै शिक्षमा पुँजीपतिको हावी अन्त्य गराएरै छाड्ने प्रतिवद्धता जनाए ।

विदेशमा नेपाली पढ्न जादाँ समेत नेपाली पुँजी बाहिरीएको भन्दै यसको लागि नेपालमा सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा कसरी दिने भन्ने बारेमा सरकार गम्भीर रुपमा छलफलमा रहेको उनले बताए ।

शिक्षा एकाधिकारीको अन्त्यका लागि आफुहरु कटिवद्ध भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

सो अवसरमा उपप्राध्यापकहरु उदितप्रकाश सुवेदी, होमनाथ गिरी, अनन्त प्रकाश सुवेदी र अखिल क्रान्तिकारी केन्द्रिय सदस्य आरके भट्टले कृषि विश्व विद्यालयको विकासका लागि ८ निजि कलेजको सम्बन्धन खारेज गरेकोमा सरकालाई धन्यवाद दिँदै अबका दिनमा कुनै पनि हालतमा निजिलाई सम्बन्ध दिन नहुने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस