साम्प्रदायिक भावना फैलाउन खोज्ने तत्व सल्बलाए : प्रधानसेनापति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साम्प्रदायिक भावना फैलाउन खोज्ने तत्व सल्बलाए : प्रधानसेनापति


२४ श्रावण २०७५, बिहिबार


काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले मुलुकमा साम्प्रदायिक भावना फैलाउन खोज्ने बिखन्डनकारी तथा अपराधिक तत्व सबलाउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

घर बिदामा बस्नुअघि बुधबार सेनाका सकल दर्जालाई दिएको सम्बोधनमा उनले भने, ‘राष्ट्रिय परिस्थितिलाई सुक्ष्म ढंगले नियाल्दा एकातर्फ साम्प्रदायिक भावना फैलाउन खोज्ने जातीय, भाषिक, धार्मिक र क्षेत्रीय एजेन्डा बोकेका विखन्डनकारी तथा अपराधिक तत्वहरू सलबलाएका छन्, भने अर्काेतर्फ विभिन्न विध्वंशकारी घटनाहरू घटाई

जनमानसमा डर, त्रासको वातावरण सिर्जना गरी द्वन्द्वको निरन्तरता चाहने समूह क्रियाशील छन् ।’ यसले सुरक्षा जटिलता बढेको उनको भनाइ छ । उनले अपराधिक गतिविधिलाई निस्तेज पार्न कुनै कसर बाँकी नराख्न निर्देशनसमेत दिए ।

प्रधानसेनापति अवकाश हुनुभन्दा एक महिनाअघि बिदा बस्ने परम्परा छ । सोही अनुसार क्षेत्री आगामी शुक्रबारदेखि घर बिदामा बस्न लागेका हुन् ।

यससँगै सेनाको नेतृत्व कायममुकायम प्रधानसेनापतिका रूपमा रथी पूर्णचन्द्र थापाले गर्नेछन् । सरकारले थापालाई कायममुकायम प्रधानसेनापति बनाउने निर्णय गरिसकेको छ । उनी भदौं २४ पछि औपचारिकरूपमा प्रधानसेनापति हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस