२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एचआइभीको पीडा भोग्दै राकमका ५२ महिला

अ+ अ-

दैलेख । दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका राकमकी धर्मा बडुवाललाई आफ्ना श्रीमान् एचआइभी संक्रमणले बितेको भन्ने कुरा बल्ल थाहा भयो । जब कामका लागि भारत गएका श्रीमानलाई एचआइभी संक्रमणले सताएपछि उपचारकै क्रममा उनको मृत्यु भयो ।

श्रीमानकै कारण आफू पनि एचआइभी संक्रमणमा परेर समस्यामा परेकी उनलाई छोराछोरीको लालनपालनमा समस्या छ । जेठी छोरीको बिहे भए पनि आफूसँग रहेको छोराको लालनपालनमा समस्या भएकाले बाख्रापालनजस्ता सजिलो व्यवसायमा स्थानीय सरकारले सहयोग गरे जीवन गुजारा गर्न सजिलो हुने उनी बताउछिन् ।

बडुवाल मात्रै हैन एचआइभी संक्रमण भएर श्रीमान् गुमाएका करिब ५२ महिला राकममा छन् । अधिकारप्राप्ति र समाजमा गरिने भेदभाव विरुद्ध लड्न आफूहरू संगठित हुनुपरेको उनीहरूको भनाइ छ । संगठित भएर आवाज अठाउन थालेपछि अहिले एआरटी औषधि राकम कर्णाली स्वास्थ्य केन्द्रबाटै उपलब्ध भएकाले उनीहरूलाई धेरै सजिलो भएको छ ।

औषधि सेवन गर्नकै लागि सुर्खेत र दैलेख सदरमुकाम धाउनुपर्ने विगतको समस्या अहिले समाधान भएको छ । औषधिसँगै संक्रमित महिलालाई पोषिलो आहार, स्थानीयस्तरमै रोजगारी र व्यवसाय प्रर्वद्धनलगायतमा स्थानीय सरकारले चासो बढाएको आठबीस नगरपालिकाका प्रमुख खड्कराज उपाध्याय जोड दिनुहुन्छ । नगरपालिकाले पोषणमा सहयोग पुगोस् भनेर मासिक ५०० का दरले संक्रमितलाई भत्ता उपलब्ध गराउँदै आएको छ ।

संक्रमित भनेर समाजमा हेला हुन थालेपछि आफूहरू संगठित भएको तुलसा माझी बताउछिन् । ती सबै महिलाका श्रीमान् भारतमै रोजगारीका लागि गएका र एचआइभी संक्रमणले मृत्यु भएको माझीको भनाइ छ ।

जिल्लाको अधिकांश स्थानका बासिन्दा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता पुरानै हो । अहिले स्थानीय सरकारललाई गाउँमै रोजगारी र एचआइभी संक्रमितलगायत थुप्रै समस्यामा परेका नागरिकको जीवनरक्षाबारे पनि चासो बढाउनुपर्ने दायित्व बढेको छ । रासस