लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ


२० श्रावण २०७५, आइतबार


पक्राउ

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट २ जना भारतीय नागरिकलाई लागू औषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत भेलाही बस्ने ३० वर्षीय निराजनकुमार र भारत रक्सौलका १९ वर्षे राजन गुप्ता रहेका छन् ।

वीरगञ्ज महानगरपालिका–१६ वीरगञ्ज भन्सार कार्यालय अगाडिको सडकबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बीआर०५एच ५८४३ नम्बरको सेतो रंगको स्कार्पियो गाडी चेकजाँचको क्रममा खैरो र निलो रंगको कपडाको झोलामा लागूऔषध इन्जेक्सन डाइजेपामा ५०० एम्पुल, नुफिर्न ५०० उम्पुल र फेनार्गन ५०० एम्पुल गरी जम्मा १५ सय एम्पुल लागूऔषध लुकायर राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस