कांग्रेस स्याङजाका सभापति पंगेनीको निधन « प्रशासन
prasaLogo
२० श्रावण २०७५, आईतवार

कांग्रेस स्याङजाका सभापति पंगेनीको निधन


प्रकाशित मिति : 5 August, 2018 10:25 am

वालिङ । नेपाली कांग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ ।

स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६.०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६.३० बजे उनको निधन भएको हो ।

नेपाली कांग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बनेका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस स्याङजाका नेता एवं प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले जानकारी दिए ।

एक श्रीमती, एक छोरा र एक छोरीका अभिभावक पंगेनीको शवलाई श्रद्धाञ्जलिका लागि आज नेपाली कांग्रेस स्याङजाको पार्टी कार्यालयमा राखिने र भोलि अन्येष्टि गरिने कांग्रेस स्याङजाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस