दीपकराज जोशीले भने म माथी अन्याय भयो : मेरो प्रमाणपत्र छानविन गरियोस् « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दीपकराज जोशीले भने म माथी अन्याय भयो : मेरो प्रमाणपत्र छानविन गरियोस्


१९ श्रावण २०७५, शनिबार


काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफुमाथी अन्याय भएको बताउँदै आफ्नो शैक्षिक प्रमाणपत्र स्वतन्त्र रुपमा छानविन गर्न माग गरेका छन् ।

जोशीलाई संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशको लागि शुक्रबार अस्वीकृत गरेपछि उनले आज एक विज्ञप्ति जारी गर्दै प्रमाण पत्र स्वतन्त्र रुपमा छानविन गर्न सरकारसँग आग्रह गरेका हुन् ।

आफु समिति समक्ष आफ्ना शैक्षिक प्रमाणपत्र पेश गर्दा पनि स्वतन्त्र अनुसन्धान नभएकाले आफु अन्यायमा परेको उनले बताएका छन् ।

शैक्षिक प्रमाणपत्रहरु शिक्षामन्त्रालयको परीक्षा विभागले र सम्बन्धित परीक्षाबोर्डले जारी गरेको विषयमा बुझपचाई आफ्नो विरुद्धमा प्रचारबाजी भएको उनको आरोप छ ।

हेर्नुहोस् जोशिले जारी गरेको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस