गजल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गजल


१९ श्रावण २०७५, शनिबार


गजल

जातिय विभेदको, अन्धकार हटाइदेउ सरकार
टड्पिदैछन गरीब, महङ्गी घटाइदेउ सरकार

बाँझिदैछन् दिनप्रति दिन, सुन फल्ने खेतवारी
युवा सबै, देश बनाउन खटाइदेउ सरकार

कति रूवाउँछौ यी सोजासाझा, निमुखा र गरीबलाई
पुछिदेउ आँशु , हर्षको स्वाद चटाइदेउ सरकार

सुन फल्छ यहिँ, मेहनत र पद्धतिको निकाश पाए
हामी नेपाली हौं, आफ्नै देशमा अटाइदेउ सरकार

विर योद्धाका सन्तती हामी, बनाउँछौ त्यस्तै परिवेष
तिमी जोस, जँगर र हौसला जुटाइदेउ सरकार

Tags :
प्रतिक्रिया दिनुहोस