नेपालले देरल्याण्ड्सलाई दियो २१७ रनको लक्ष्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालले देरल्याण्ड्सलाई दियो २१७ रनको लक्ष्य


१८ श्रावण २०७५, शुक्रबार


काठमाडौं । नेपालले नेदरल्याण्ड्सलाई दोस्रो एकदिवसीय खेलमा २ सय १७ रनको लक्ष्य दिएको छ ।

नेदरल्याण्डसको एम्सटेल्भिन रङ्गशालामा जारी खेलमा पहिले टस जितेर ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय १६ रन जोडेको हो ।

नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाएका छन् ।

खड्काले ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन जोडे । यस्तै कामीले ४६ बलमा ५ चौका र ३ छक्काको मद्धतमा ६१ रन बनाए ।

नेदरल्याण्डका फ्रेड क्लासेनले ३ तथा माइकल रिपन र पिटर सिलरले दुई दुई विकेट लिए।

प्रतिक्रिया दिनुहोस