२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरेली जेठोबुढो धानको माग बढ्दै

अ+ अ-

पोखरा । जेठोबुढो कास्कीको रैथाने धान हो । फेवातालको सिरान पामे सबैभन्दा बढी जेठोबुढो झुल्ने फाँट हो । अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका विभिन्न फाँटमा पनि जेठोबुढो धान पर्याप्त फल्छ ।

मगमग बास्नाका साथै स्वादिलो जेठोबुढोको माग पोखरासहित देशका प्रमुख शहरमा हुने गरेको छ । लिवर्डका प्राविधिक अधिकृत खेमराज च्वाइँ सुवेदीका अनुसार जेठोबुढोका डल्लो, लामो, ढल्ने, गाँज ठूलो हुनेजस्ता विभिन्न प्रजाति रहेका छन् ।

धेरै गर्मी र धेरै जाडो नहुने लेखनाथका खास्टे, दिपाङ, रुपालगायत तालको किनारामा पनि जेठोबुढो धान लगाउने गरिएको छ । भरतपोखरीको सुरौदी, कुर्लिङ, चवादीलगायत ठाउँका कृषक पनि विस्तारै यसतर्फ आकर्षित हुन थालेका छन् । जेठोबुढोका लागि पर्याप्त सिँचाइ आवश्यक पर्छ । सिँचाइ अभावका कारण कृषकले चाहेर पनि धेरै ठाउँमा उक्त धान फलाउन सकेका छैनन् ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा हाल ४८ हजार ६३३ हेक्टरमा धानखेती गरिँदै आएकामा २६ हजार ७५७ हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध छ । विजयपुर खोला, सेती नहर र बेगनास तालबाट सिँचाइ हुँदै आएको कास्कीको खेतीयोग्य जमीन ६८ हजार ९६७ हेक्टर छ । स्वादिलो र उचित मूल्य पाउने भएकाले कृषक जेठोबुढो धानतर्फ आकर्षित बनेका आर्वाका अगुवा कृषक टेकनाथ बराल बताउँछन्

“जेठोबुढाको बीउको माग कास्कीमा मात्र नभएर बाहिरका जिल्लामा पनि अत्यधिक छ”, उनले भने, “केही वर्षयता यसको बीउ गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दीलगायत जिल्लामा पुगिसकेको छ ।” जिल्लामा जेठोबुढो धानको बिउको बिक्री मूल्य प्रतिकिलो १९० कायम गरिए पनि माग बढी भएका कारण कृषकले प्रतिकिलो २३० सम्ममा बिक्री गर्दैआएका छन् ।

लिबर्डले पोखराका विभिन्न स्थानमा फल्ने जेठोबुढोका छ वटा प्रजातिको संकलन गरी त्यसबाट सुधारिएको पोखरेली जेठोबुढोको बीउ उन्मोचन गरेको छ । लिबर्डको सहयोगमा आर्बाको नमूना प्राङ्गारिक कृषि सहकारी संस्था, फेवा बीउ उत्पादन समूह, जनसेवा एग्रोभेटलगायत संस्थाले जेठोबुढो धानको बीउ उत्पादन गर्दै आएका छन् ।

सुधारिएको पोखरेली जेठोबुढोको बीउ कृषकका लागि २०६७ सालमा सिफारिश गरिएको थियो भने २०६८ देखि उत्पादन शुरु भएको गण्डकी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अधिकृत प्रकाश बस्ताकोटीले बताए । जेठोबुढोको उत्पादन क्षमता प्रतिहेक्टर तीनदेखि ३.५ मेट्रिक टन रहेको छ । जेठोबुढोको चामल प्रतिकिलो १६० पर्छ भने प्रतिपाथी ६०० पर्छ ।

जनसंख्याका आधारमा कास्कीमा वार्षिक एक लाख एक हजार टन खाद्यान्न आवश्यक पर्छ । हाल ७६ हजार टन मात्र खाद्यान्न उत्पादन हुन्छ । पछिल्ला वर्षमा जेठोबुढो झुल्ने बिरुवा फाँट, कुँडहर फाँट, लेखनाथका फाँट प्लटिङका कारण घडेरीमा परिणत भएका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा प्रत्येक वर्ष १०० हेक्टर कृषिभूमि घटिरहेको छ । शहरी क्षेत्रको लगभग ४० प्रतिशत तथा गाउँको करीब २५ प्रतिशत जमीन बाँझिएको छ । रासस

प्रतिक्रिया दिनुहोस