२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवारमा सवारी व्यवस्थापन : ‘ठूलाबडा’ नै मिच्छन् ट्राफिक नियम !

अ+ अ-

काठमाडौं । केही दिनअघि सांसद नारदमुनि रानाले सिंहदरवारको ‘नो पार्किङ’ क्षेत्रमा मोटरसाइकल पार्किङ गर्दै थिए । त्यो दृष्य देखेलगत्तै एक ट्राफिक प्रहरी त्यहाँ पुगे । र, उनलाई त्यहाँ पार्किङ नगर्न अनुरोध गरे । तर, सांसद रानाले अनुरोध टेर्नु त परै जाओस्, उल्टै ट्राफिक प्रहरीलाई नै हप्काए ।

जेठ पहिलो साता पनि सिंहदरवारका यस्तै घटना घटेको थियो । सडक पेटीमा पार्किङ गरिएको गाडी हटाउन खोज्दा चालकले ट्राफिक प्रहरीको ‘जागिर खाइदिने’ धम्की दिए ।

सम्बन्धित समाचार : सिंहदरवारमै ‘नो पार्किङ’को बेवास्ता, ट्राफिक प्रहरीलाई जागिर खाइदिने धम्की  

यी त प्रतिनिधि घटना मात्रै हुन्, सिंहदरवारमा ‘ठूलाबडा’ र ‘पावर’मा रहेकाहरूबाट ट्राफिक नियम उल्लंघन भइरहेको छ । जसका कारण सवारी व्यवस्थापनमा समस्या छ ।

सम्बन्धित समाचार : सडकपेटीबाट यसरी हटाइयो मन्त्रीको गाडी
सम्बन्धित समाचार : प्रहरी नै मिच्छन् ट्राफिक नियम, डिआइजीकै गाडी सडकपेटीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनाली भने सिंहदरवारको ट्राफिक चुस्त/दुरुस्त भएको दाबी गर्छन् । ट्राफिक चुस्त/दुरुस्त भए किन सडकपेटीमा किन गाडी पार्किङ भइरहेका छन् त ? ‘त्यो कहिलेकाहिँ त्रुटि भएको हुन सक्छ,’ उनले आफ्नो बचाउ गर्न खोजे ।

सिंहदरवार परिसरको सवारी व्यवस्थापन कति चुस्त/दुरुस्त छ भन्ने उदाहरण दिइरहन पर्दैन, सरसर्ती हेर्दा छर्लंगै देखिन्छ । ट्राफिक प्रहरीले कडाइका साथ प्रस्तुत हुन नसक्दा सिंहदरवारको सवारी व्यवस्थापन पूर्णरूपमा सुधार हुन नसकेको कर्मचारीहरू बताउँछन् ।

‘सिंहदरवारको सवारी व्यवस्थापनमा शासक प्रवृत्ति बाधक बनिरहेको छ,’ सिंहदरवार परिसरको यो नौटंकीलाई दैनिक रूपमा नियालीरहेका एक कर्मचारी भन्छन्, ‘आफूलाई शासक सम्झने कर्मचारी तथा नेताले ट्राफिक नियम पालना नगर्दा समस्या देखिएको छ । अझै पनि ‘ठूलाबडा’ले ट्राफिक नियम नमान्दा सवारी व्यवस्थापनमा पूर्णरूपमा सुधार हुन सकेको छैन ।’

सिंहदरवारमा जथाभावी पार्किङ गरिने क्रम नरोकिएको त्यहाँ खटिएका ट्राफिक प्रहरी बताउँछन् । ‘यहाँबाट हटाउनुस् भनेर अनुरोध गर्दा पनि कतिपय चालकले खाउलाझैं गर्छन्,’ एक ट्राफिक प्रहरीले दुखेसो पोखे । जथाभावी पार्किङ गरिने क्रम बढेपछि वैशाख अन्तिम साता सिंहदरवार परिसरमा ट्राफिक प्रहरी खटाइएका हुन् । उनीहरूले यहाँको सवारी व्यवस्थापन गर्दै आएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सिंहदरवारमा सवारी व्यवस्थापनका लागि प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा आधा दर्जन ट्राफिक प्रहरी खटिएका छन् । त्यसयता यहाँको सवारी व्यवस्थापनमा केही सुधार आए पनि पूर्णरूपमा आउन नसकेको ट्राफिक प्रहरी बताउँछन् ।

सिंहदरवारभित्रको सीमित चौघेरामा सवारी व्यवस्थापन गर्न नै महिनौं लाग्ने अवस्था छ भने समग्र सिष्टम सुधार्ने कुरा त हास्यास्पद हुने नै भयो । गल्ती गर्नेलाई कारवाही गर्न प्रहरीलाई पूर्ण अधिकार रहेको र जो कोहीले पनि गल्ती गरे कारवारी गर्न सक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवर बताउँछन् । ‘टेरेनन् भने कारवाही गर्नुस् भनेर निर्देशन दिइएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस