नेदरल्यान्डले नेपाललाई दियो १९० रनको लक्ष्य « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेदरल्यान्डले नेपाललाई दियो १९० रनको लक्ष्य


१६ श्रावण २०७५, बुधबार


काठमाडौं । नेपाल र नेदरल्यान्डबीचको जारी एक दिवसीय क्रिकेटमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ९० रनको लक्ष्य दिएको छ।

नेदरल्यान्ड निर्धारित ५० ओभरको खेलमा ४७.४ ओभरमा १ सय ८९ रनमा अलआउट भयो। नेदरल्यान्डले सबै विकेटको गुमाउँदै १ सय ८९ रन बनाएको हो ।

नेपालका लागी कप्तान पारस खड्काले १० ओभरमा मात्र २६ रन खर्चेर चार विकेट लिए ।

सोमपाल कामीले तीन विकेट लिए भने सन्दिप लामिछाने, करन केसी र बसन्त रेग्मीले समान एक/एक विकेट लिए । करन केसीले पनि एक विकेट लिएका थिए।

नेदरल्यान्डका माइकल रिप्पोनले अर्धसतकिय पारी खेले । उनले ७६ बल खेल्दै दुई चौकाको मद्दतमा ५१ बनाएका थिए । त्यस्तै बास द लिडेले ३० रन जोड्दा स्टेफन माइबर्गले २९, बेन कुपरले २०, कप्तान स्कट एडवार्डले १८, वेस्ले बारेसीले १२ र फ्रिद क्लासेनले ११ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्  ।

प्रतिक्रिया दिनुहोस