कम्बोडिया पठाइदिने भन्दै ८८ लाख ठगी गर्ने पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कम्बोडिया पठाइदिने भन्दै ८८ लाख ठगी गर्ने पक्राउ


१६ श्रावण २०७५, बुधबार


पक्राउ

काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई आज काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका –९ का २४ वर्षीय सुमन बस्नेत छन् । बस्नेतले वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना रु एक लाख तलब हुने साथै अन्य सुविधा समेत पाइने प्रलोभन देखाई प्रतिव्यक्ति तीन लाख ५० हजार देखि छ लाखसम्मका दरले ८८ लाख ३९ हजार ठगी गरेको उजुरीका पक्राउ गरिएको हो । उनलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरिएको महाशाखाका प्रहरी निरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

पाँचथर मिक्लाजुङ गाउँपालिकाका कुलबहादुर तामाङ लगायतका १९ जनाको उजुरीका आधारमा महाशाखाको टोलीले बस्नेतलाई पक्राउ गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस