ट्रकको ठक्करबाट मजदुरको मृत्यु « प्रशासन
Logo ४ जेष्ठ २०७९, बुधबार
   

ट्रकको ठक्करबाट मजदुरको मृत्यु


१५ श्रावण २०७५, मंगलबार


रत्ननगर । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा ट्रकको ठक्करबाट गएराति एक मजदुरको मृत्यु भएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको यूपी २२ टि ८४४७ नं. को भारतीय ट्रकको ठक्करबाट पैदलयात्री दैलेखका ३५ वर्षीय जीवन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको हो । उनी नारायणगढ मुग्लिन सडकखण्डमा काम गर्दैआएका थिए । फरार रहेका ट्रकका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस