गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


१२ श्रावण २०७५, शनिबार


गजल

मनको बाँध फुटिजाला छिटो छिटो खोल सानू ।
मेरो माया लाग्छ भने सबको सामु बोल सानू ।

तिमीलाई पनि मेरो माया साच्चै लाग्दो रैछ भने
मेरो माया कति रैछ्यो मुटु लिई तोल सानू ।

लुकिलुकि हेर्ने गर्थेउ कहिलेकाहिँ चाल पाउँथे
हाम्रो नाता जीवन भरलाई गाढा गरी घोल सानू ।

तिमी बस्छौं कता भनी सोध्दै थिए साथीलाई
सुन्दर सुन्दर सहरभित्र रैछ तिम्रो टोल सानू ।

तिमी हिँड्ने बाटाहरू धाउँदै थिए हरेक दिन,
संघर्षशील हो जिन्दगी यो समस्यालाई झेल सानू ।

प्रतिक्रिया दिनुहोस