चन्द्र ग्रहण : कुन राशीलाई कस्तो फल ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चन्द्र ग्रहण : कुन राशीलाई कस्तो फल ?


११ श्रावण २०७५, शुक्रबार


काठमाडौं । शनिबार राति चन्द्र ग्रहण लाग्दै छ । शनिबार बिहान २ बजेर ९ मिनेटमा सुरु हुने चन्द्र ग्रहण ४ बजेर ४ मिनेटमा हट्नेछ ।

यद्यपि, ग्रहणको सुतक भने शुक्रबार दिउँसो १५ः०९ देखि नै लाग्नेछ । ग्रहणको सुतक लागेपछि खाना खान नहुने मान्यता छ । बालक, वृद्धवृद्धा र बिरामीलाई भने खाना खान निषेध गरिएको छैन ।

ग्रहणको बेला खान, पिउन, सुत्न, घरबाट बाहिर निस्किन नहुने मान्यता छ ।

ज्योतिष शास्त्र अनुसार चन्द्र ग्रहण मकर राशी तथा उत्तराषाढा र श्रावण नक्षत्रका व्यक्तिहरूलाई अति कष्ट हुनेछ ।

कुन राशीलाई कस्तो फल ?
मेष : सुख
वृष : माननाश
मिथुन : कष्ट
कर्कट : स्त्रीपिडा
सिंह : सुख
कन्या : चिन्ता
तुला : व्यथा
वृश्चिक : श्रीप्राप्ति
धनु : क्षति
मकर : घात
कुम्भ : व्यय
मीन : लाभ

प्रतिक्रिया दिनुहोस