२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवनियुक्त कर्मचारीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

अ+ अ-

ललितपु । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कर्मचारीमा जनताका सेवक हौं भन्ने  भावना हुनु पर्ने बताएका छन् ।

प्रशासन सेवा सामान्य प्रशासन समुहका नवनियुक्त अधिकृतहरुलाई आधारभुत प्रशासनिक प्रशिक्षण समापन समारोहलाई आज जावालाखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सृजनात्मक क्षमता प्रदर्शन गरेर काममा अब्बल हुन निर्देशन दिएका छन् ।

उनले भने, ‘तपाईंहरुले एउटा परीक्षा पास गर्नु भयो तर अब वास्तविक परीक्षामा सहभागी हुदैहुनुहुन्छ, कार्यक्षेत्रमा गएर जनतालाई कतिको सन्तुष्ट पार्न सक्नुहुन्छ, पादर्शी सेवा दिनुहुन्छ कि दिनुहुन्न ? तपाईंको इमान्दारिता रहन्छ कि रहदैन ? यी सबै कुरामा तपाईंहरु पास हुनुपर्दछ ।’

उनले अधिकृतहरुलाई देशलाई राम्ररी अध्ययन गर्न र चिन्न पनि आग्रह गरेका छन् । देश भित्र भएका समपूर्ण समाज, जातजाति, धर्म संस्कृति छन् । ती सबै कुराको जानकारी राख्न नवनियुत्त कर्मचारीहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

नेपालीका पुर्खा धेरै विद्वान भए पनि नेपाली पछि पर्नु अनौठो कुरा छ । पछि पर्नु पर्ने कारण र गरिबीबाट मुक्ति हुने उपाय पत्ता लगाउन समेत नव अधिकृतहरुले मन्थन गर्नु पर्ने छ, प्रधानमन्त्री आलीले भने ।

देश नयाँ परिस्थितीमा भएकोले अब पुरानो मान्यताको सोचाइमा पनि परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । ‘तपाईंहरु नयाँ परिस्थितीमा काममा जाँदै हुनुहुन्छ । देशले केही नयाँ प्रणालीको विकास गरेको छ, देशमा संघीय प्रणाली लागु भएको छ तपाईंहरुले आफूलाई समायोजन गराउनु पर्दछ ।’ प्रधानमन्त्री ओलीले भने ।