रसुवा पहिरोः ४ जनाको मृत्यु, १२ घाइते, ५ बेपत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रसुवा पहिरोः ४ जनाको मृत्यु, १२ घाइते, ५ बेपत्ता


१० श्रावण २०७५, बिहिबार


रसुवा । निरन्तरको अविरल वर्षापछि रसुवाको गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा बुधबार राति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् ।

रसुवाका पमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार बुधबार राति करीब १ बजे पहिरो खस्दा प्रहरी पोस्ट र होटल पुरिएको छ । पहिरोमा परी १२ जना घाइते भएका छन् भने बेपत्ता ५ जनाको खोजी कार्य भइरहेको पौडेलले बताए ।

पहिरोले २ वटा कन्टेनर र एक ट्रकमासमेत क्षति पुगेको छ ।

राति देखि नै उद्धार जारी रहेको र बिहानबाट थप सुरक्षाकर्मी परिचालन गरेर उद्धार र बेपत्ताको खोजी गरीरहेको अधिकारी पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस