आफ्नो अभिव्यक्ति त्रुटीपूर्ण रहेको भन्दै कानुनमन्त्रीले मागे माफी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आफ्नो अभिव्यक्ति त्रुटीपूर्ण रहेको भन्दै कानुनमन्त्रीले मागे माफी


६ श्रावण २०७५, आइतबार


शेरबहादुर तामाङ

काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङले केही दिनअघि आफुले दिएको अभिव्यक्तिबाट बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई चोट पर्न गएको भन्दै एक विज्ञप्ति जारी गर्दै माफि मागेका छन् ।

उनले आफुले साउन ४ गते प्राक्टिस इन्टरनेशनल एकेडेमीमा आयोजित कार्यक्रममा सम्बोधनका क्रममा आफ्नो भनाइले उनीहरुमा पर्न गएको असरप्रति माफि मागेका हुन् ।

‘मेरो उक्त दिनको भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा माग्न चाहन्छु, उनले विज्ञप्ति जारी गर्दै भनेका छन् ।’

हेर्नुस् विज्ञप्ति सहित

प्रतिक्रिया दिनुहोस