२ किलो ६ सय ग्राम सुनसहित दुर्इ भारतीय पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२ किलो ६ सय ग्राम सुनसहित दुर्इ भारतीय पक्राउ


६ श्रावण २०७५, आइतबार


pakrau

काठमाडौं । २ किलो ६ सय ८० ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारतको दिल्ली घर भएका राहदानी नम्बर एन ४६१७८९० बाहक ३१ वर्षीय ईम्रान र भारत उत्तर प्रदेश घर भएका २१ वर्षीय राहदानी नम्बर जेड ४१७४१०७ बाहक अरीफ अली पक्राउ परेका छन् ।

उनीहरू थाई एयरको विमानबाट बैंककबाट काठमाडौं आए प्रहरीले जनाएको छ । एयरपोर्ट प्रहरीका अनुसार उनीहरुले आफ्नो शरीरभित्र लुकाईछिपाई सुन ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस