कृषि बागवानी बिकास अधिकृत माथी नेकपाको कार्वाही « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कृषि बागवानी बिकास अधिकृत माथी नेकपाको कार्वाही


२ श्रावण २०७५, बुधबार


डोटी । नेत्र बिक्रम चन्द ‘बिप्लब’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले डोटीको शिखर नगरपालिकाको कृषि इकाई कार्यालयमा कार्यरत बागवानी बिकास अधिकृत कृष्णदत्त पाण्डेलाई मंगलबार कार्वाहि गरेको छ ।

पार्टीको जिल्ला जनपरिषद डोटी एक विज्ञप्ती जारी गर्दै बागवानी बिकास अधिकृत पाण्डेले बिभिन्न ७ वटा योजनामा ब्यापक भ्रष्टाचार गरेकोले आफुहरुले कार्वाहि गरेको बिज्ञप्तिमार्फत जानकारी दिएको छ । बागवानी बिकास अधिकृतलाई जिल्ला जनपरिषद डोटीका कार्यकर्ताले नेलपोलिष जस्तो देखिने रातो बस्तु आँखा र मुखमा दलेको बताइएको छ ।

जिल्ला जनपरिषद डोटीद्वारा प्रकासित गरिएको बिज्ञप्तिमा बावगानी बिकास अधिकृत पाण्डेले मिक्स बिउ तरकारी ७५ हजारको खरिद गरेको तर बिल भर्पाई ३ लाखको बनाएको । भटमास र युरिया १ लाखबराबरको ल्याएको तर कृषकहरुलाई बितरण नगरेको । कृषि सामाग्री बितरण गर्दा कृषकलाई नाममा हस्ताक्षर गराएको तर पाउनु पर्ने कती भनी जानकारी नगराएको । किसानलाई अनुदानमा दिनु पर्ने बिउ बिजन पनि आधा मुल्यमा बितरण गरेको बितरण प्रक्रियामा एकलौटी तरीकाले निजिकरण जस्तो गर्ने गरी काम गरेको एक करोड २० लाख रकम कार्यालयमा आएको तर त्यो बराबरको काम नगरी जम्मा ३०/३५ लाखको मात्र काम गरी अन्य रकम हिनामिना गरेको लगायत बिभिन्न प्रयोजनामा आर्थिक भ्रष्टाचार गरेकाले कार्वाहि गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस